‘कति राम्री छौ मेरी सानी, छैनन् त्यति पारसकी हिमानी’ गीत भाइरल, शब्दको सर्बत्र आलोचना
इन्भेष्टोपेपर । फागुन ५ २०७८
काठमाडौँ । पछिल्लो समयमा टिकटकमा सर्बाधिक रुचाईएको गीत हो ‘रुमाल साट्न पर्दैन’। उक्त गीत भित्रको एउटा अंश निकै भाइरल छ। गीतमा भनिएको छ ‘कति राम्री छौ मेरी सानी, छैनन् त्यति पारसकी हिमानी’,जुन शब्दले पारस कि हिमानी भन्दा राम्री खेमकि केकी भन्ने बुझाउछ जसले गर्दा हिमानीको प्रशंसकहरुले यतिबेला खेम सेन्चुरीलाइ कमेन्टमा गालि गर्न थालेका छन।
याे गीत खेमले लेखेका हैनन् यसका लेखक तेजु सुनाम हुन तर खेम उक्त गीतको मुख्य पात्रा भित्र रहेकै कारण पनि हुन सक्छ उनीमाथि दर्शक खनिएका छन । गीत समग्रमा राम्रो भएपनि उक्त शब्दको सर्बत्र आलोचना भएको छ तर कहिले भने उक्त शब्दलाई स्वर्गकी अप्सराको रुपमा बयान गरिएको छ।
जस्तै स्वर्गकी अप्सरा भन्दा राम्री मेरी प्यारी भनेर प्रेमीले प्रेमिकालाई फकाउने गरिन्छ त्यस्तै हिमानी भन्दा राम्री केकी भनेर खेमले फकाएको हुन सक्ने दर्शकको आकलन छ। दर्शकले हिमानीको मानहानी गरेको भन्दै यो बेला खेम प्रति अपशब्द प्रयोग गर्दै गालि गरिरहेका छन।
