बालगायिका टेरेसा विश्वकर्माको स्वरमा “मनको कथा” बोलको गीत सार्वजनिक

न्भेष्टाेपेपर । असार ११, २०८१

काठमाडौं । गायन रियालिटी शो “द भ्वाइस किड्सु सिजन २” बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा “मेरो मनको कथा” बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतकार उर्मिला बस्नेतको शब्दरचना र लोकप्रिय संगीतकार हरि लम्सालले संगीतबद्द र एरेन्ज गरेको गीतलाई राजधानीको अकेष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो । मलाई कोर्न देऊ मेरो मनको कथा मलाई भन्न देऊ मेरो मनको व्यथा कोही त सुनिदेऊ कोही त बुझिदेऊ मेरो मनको कथा, मेरो मनको व्यथा सर्जक बस्नेतले शब्द मार्फत उठाउन खोजेको विषयलाई गीतको भिडियोमा देखाइएको छ।

टेरेसालाइ नै मूख्य पात्रका रूपमा देखाइएको गीतको भिडियोमा बुवाआमाको बिछोडपछि होस्टल या आश्रममा बस्न विवश बच्चालाई कतिसम्म पीडा हुन्छ भन्ने कुरालाइ दर्शाईएको छ । कहिलेकाँहीँ चाडपर्व, छुट्टीमा आमा लिन आउँदा सौताने बुवाले देखाएको प्रतिक्रिया र बुवा लिन आउँदा सौताने आमाले देखाएको प्रतीक्रियाले बच्चाको मनमा पर्न गएको गहिरो आघातलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ । पछिल्लो समयमा बाआमाहरुले साना साना समस्या र विवादलाई सुल्झाउन नसक्दा त्यसको असर सन्तानमा कसरी परिरहेको छ ।

समाजमा बढिरहेको बाल हिंसाको स्वरूप, समस्या र समाधानको बारेमा भिडियोमा सशक्त प्रस्तुत गरिएको छ । भिडियोमा टेरेसाको साथमा सुवाश, सोनिका र अन्विशा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। दिनेश पराजुलीको सिनमाटोग्राफी ,विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई यु आर(UR Music ) मार्फत सार्वजनिक गरिएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *