ऋषि पञ्चमीकाे ब्रत कथा, विधि तथा कसरी भयो सुरु ?

इन्भेष्टाेपेपर । असाेज २, २०८०

ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि पञ्चमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थी युक्त पञ्चमी तिथि ऋषि पञ्चमीको लागि ग्राह्य मानिन्छ ।

भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए ।

जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा, दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा । यसकारण मासिक धर्मका समय लाग्ने पापहरुको निबृतिको लागि यो व्रत महिलाहरुद्वारा गर्ने चलन बसेर गयो ।

यो पौराणिक कर्म हो । यसका उप द्रष्टा ऋषि सबरतमा हुन् । उनैले दिएको सल्लाह र निर्देशन अनुसार यो ब्रत बस्ने चलन चलेर गएको हो । मध्यान्हकालको स्नान, रेशमी कपडा को पहिरन, शाकाहारी बिशेष गरी हलो कोदालोले नजोते, नखनेको जिनिसको भोजन, ऋषि पत्नी अरुन्धती सहित सप्त ऋषिहरुको पूजा यस ब्रतको बिशेषता हो ।

सात घडा, सात ब्राह्मण जसलाई अन्तमा ऋषिहरुको सातै प्रतिमा प्रत्येकलाई पुग्ने गरी दान दिइन्छ । यदि सबै ऋषिहरुको आह्वान एउटै कलशमा गरिएको छ भने त्यो कलश एउटा ब्राह्मणलाई तथा अन्यलाई ऋषि प्रतिमासहित बस्त्रहरु दक्षिणाको रुपमा दिनु पर्दछ ।

पारिवारिक सुख, शान्ति, आरोग्यता, धन धान्य, असल सन्तान, बैभव र विजय प्राप्तिकोलागि तथा महिला महिनावारीका समय स्त्री र पुरुषद्वारा परिवारमा जानेर, नजानेर हुन पुगेका त्रुटी र गरिएका पापकर्म निवारणको लागि यो ब्रत नेपालमा गरिने चलन चलेर गएको हो । शास्त्रले यो ब्रत स्त्री र पुरुष दुबैले लिनु पर्ने बताएको भएता पनि नेपाली समाजमा चाँहि महिलाले मात्र यो ब्रत लिने गरेको देखिन्छ ।

यस दिन ब्रतालुहरु कुनै पवित्र नदी नाला, तलाउ वा घरमै गंगाजल मिश्रित पानीले नुहाएर घरको कुनै सफा ठाउँमा गाइको गोबरले लिपेर तामाको पूर्ण कलश अष्टदलमा स्थापना गरी सप्त ऋषिहरुको प्रतिमालाइ पञ्चामृत स्नान गराएर सेता बस्त्र, सेता फूल, अक्षता, दूध, दहि, घ्यू , मह, चिनी, नैबेद्द, जनै, आठवटा पान सुपारी जस्ता सामाग्रीहरु तयार पारी गर्ने गरिन्छ ।

बशिष्ठ ऋषिकी पत्नी अरुन्धतीको पूजा गर्दा स्त्री बर्गले सौभाग्य सामाग्रीहरु अर्पण गर्नु पर्दछ । ऋषि पञ्चमिको पूजा सामग्रीमा वेलपत्र नभई नहुने पूजा सामग्री हो ।

यस व्रतमा ब्रतालुले हलोले नजोतेको, कोदालोले नखनेको साग प्रयोग गर्नु भन्ने बचन रहेकोले नेपाली समाजमा पूजा सकिएपछि कर्कलोको साग, समाको भात खाने चलन छ । यस व्रतमा साग/नीवारहरु/साँवा (श्यामाक) / कन्द-मूल / फलफूल बाहेक अरु कुरा खाइन्न । हलो, कोदालो द्वारा उत्पन्न चिज बिज अन्नपात खाइदैन ।

ब्रह्मचर्यमा रहनु यसको अनिबार्य नियम हो । पारिवारिक आनन्द सौभाग्य वृद्धि, अज्ञात पापबाट मुक्ति, शारीरिक सौन्दर्य, सद बिचारी छोरा छोरीको प्राप्ति यस चाडको लक्ष हो ।

यो ब्रतको संकल्प यस्तो हुन्छ –

अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्यायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।

यस्तो संकल्प गरेर बशिष्ठ ऋषिकी पत्नी अरून्धतीका साथ सप्तर्षिहरुको पूजा गरिन्छ !

अरून्धतीको लागि मन्त्र –

अत्रेर्यथानसूया स्याद् वसिष्ठस्याप्यरून्धती ।
कौशिकस्य यथा सती तथा त्वमपि भर्तरि॥

यस मन्त्रद्वारा अरून्धतीलाई आव्हान गरेर पूजा गरिन्छ । यो ब्रतकोलागि पूजा गरिंदा सात जना ब्राह्मणहरु ,सात बटा कलशमा सात बटा ऋषिहरु स्थापना गरी गरिन्छ ! अन्तमा ऋषिहरुको बनाइएको प्रतिमा तिनै सातजनालाई दान दिइ पठाउने चलन भेटिन्छ ।

अर्ध्यमन्त्र

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोय गौतमस्।
जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषयस् स्मृतास्॥
गृह्णन्त्वर्ध्य मया दत्तं तुष्टा भवत मे सदा॥

वराहमिहिरको बृहत्संहिता अनुसार स्वायाम्भुव मन्वन्तरका ऋषिहरू मरीचि, वसिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु; र साध्वी अरून्धती वसिष्ठ ऋषि संग पूजा गरिन्छ । कोहि व्यक्तिहरु बैबश्वत मन्वनतरकै ऋषिहरू कश्यप ,बशिष्ठ ,भारद्वाज ,गौतम, जमदग्नि, अत्रि, विश्वामित्रको पूजा गर्दछन ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *