‘`डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक

न्भेष्टाेपेपर ।  पुष १, २०७९

काठमाण्डाैँ । आउदो पुष १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन् । फिल्मको कथावस्तु आर्यन सिग्देल र उपासना सिहं ठकुरी को वरपर घुमिरहेको छ । 

प्रवीण झा निर्देशित फिल्ममा आर्यन र उपासना बाहेकोसुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन भने कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् । 

राजकुमार भट्ट निर्माता रहेको फिल्ममा विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *