वन कुखुरा मार्न श्रीमानले चलाएकाे भरुवा बन्दुकले श्रीमती गम्भिर घाइते
इन्भेष्टोपेपर । कार्तिक १७, २०७८
तम्घास । गुल्मीमा कुखुराका लागि श्रीमानले भरुवा बन्दुक चलाउँदा उनकी श्रीमती घाइते भएकी छन् । झुक्किएर श्रीमतीलाई छर्रा लागेको छ । गुल्मीको मुसिकोट नगरपालिका-४ वडागाउँका दिपक काउछा मगरको घरमा यस्तो घटना भएको हो । दिपकले मंगलबार दिउँसो जंगलमा वन कुखुरा मार्न बन्दु क चलाएका थिए ।
तर उनकै श्रीमती ४२ वर्षीय बसन्ती काउछा मगरलाई छर्रा लागेको छ । उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार गोलीले कम्मरमा लागेर घाइते भएकी काउछाको तमघास अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं आर्मी अस्पताल छाउनीमा रिफर गरिएको छ । धारापानी जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको जनाएको छ । घटनापछि फरार रहेका दिपक काउछालाई प्रहरीले पक्राउ गरेको छ ।
