यी हुन् पत्नीलाई भन्न नहुने ५ कुरा

न्भेष्टाेपेपर । माघ १३, २०८१

पति पत्नीबिचको सम्बन्ध केवल एक सम्बन्ध मात्र नभएर एक विश्वास पनि हो । यस्तोमा पति पत्नीबिच हरेक कुराको साटासाट हुन आवश्यक छ । तर कतिपय यस्ता कुराहरू छन् जो आफ्नो पत्नीलाई पनि भन्नु हुँदैन ।

यस्ता कुरा पत्नीलाई शेयर गर्दा थप जटिलता आउन सक्छ । त्यसैले यी कुरा पत्नीलाई नभनेकै राम्रो हुन्छ । यी कुरा लुकाउँदा वा नभन्दा दाम्पत्य सम्बन्ध बिग्रँदैन न त पारिवारिक जीवन नै धरापमा पर्छ । त्यसैले केही कुरामा गोपनीयता अपनाएको राम्रो हुन्छ ।

यी हुन् पत्नीलाई भन्न नहुने ५ कुरा :

– पत्नीलाई अन्य महिलासंग तुलना

पतिले आफूलाई सबैभन्दा बढी माया गरुन् र विशेष मानुन् भन्ने हरेक पत्नीको चाहाना हुन्छ । यस्तोमा ख्याल ठट्टामा होस् वा गहन छलफलका बिच आफ्नी श्रीमतीलाई अरूसँग तुलना गरेर कुनै कुरा भन्नु हुँदैन । उनीहरू आफ्नालागि विशेष छन् भन्ने महसुस गराउनु पर्दछ ।

– परिवारका सदस्यबिचको नकारात्मक कुरा

एउटा घरपरिवार चलाउन वा एकताबद्ध बनाउन सुझबुझको आवश्यकता पर्दछ । यस्तोमा परिवारका सदस्यबिच हुने सानातिना खटपट वा एक अर्काले भनेको नकारात्मक कुराको ओहोरदोहोर गराउनु हुँदैन । त्यसैले कहिल्यै पत्नीसँग आफ्नै परिवारका सदस्यको कुरा काट्नु हुँदैन । बरु सबै मनमुटावको सम्बन्ध पनि मिठासमा बदल्न प्रयास गर्नु पर्दछ ।

– कसैको चरित्र हत्या हुने कुरा

कुनै पनि पतिले आफ्नी पत्नीसङ कसैको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु शोभनमय हुँदैन । यस्तोमा कसैको चरित्र हत्या हुने कुरा पत्नीलाई सुनाएर उ प्रति गलत धारणा बनाउन प्रेरित गर्नु हुँदैन ।

– पत्नीका आफन्तजनको कुरा

हरेक व्यक्ति आफ्ना बाबुआमा अधिक प्रेम गर्छन् । त्यसैले आफ्नी पत्नीका परिवार वा आफन्तको नकारात्मक कुरा वा माइती पक्षको गलत कुरा गरिरहनु हुँदैन । ससुरालीलाई आफ्नै परिवार झैँ सम्मान दिन सक्नु पर्दछ । कुनै कुरा चित्त नबुझेको भए पनि यसमा सुझबुझका साथमा नभनी नहुने अवस्थामा मात्र भन्न सकिन्छ । तर सकेसम्म यस्ता कुरा पत्नीलाई नभनेकै राम्रो हुन्छ ।

– अपमानको कुरा

यदि कतै कोही व्यक्ति वा घटनाक्रमबाट अपमान भइएको छ भने यो कुरा पत्नीलाई नभन्दा उचित हुन्छ । महिलाहरू भावुक हुने भएकाले अपमानको कुराले उनीहरूलाई आघात पुराउँछ । त्यसैले यस्ता कुरा पत्नीसंग भन्नु भन्दा एक्लै सामना गर्ने प्रयास गर्नुपर्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *