क्रमिक प्रगतिपथमा साना किसान लघुवित्तः तेश्राे त्रैमाससम्मकाे नाफा ३४ करोडमाथि
Investopaper, बैशाख २२, २०७६
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड क्रमिक प्रगतिपथमा लम्किरहेकाे छ । संस्थाले तेस्रो त्रैमासमा खुद मुनाफा ३४ करोड ५९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २४ . २६ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवाधिमा नाफा २७ करोड ८४ लाख रुपैयाँ कमाएको थियो ।
७८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको साना किसान विकास लघुवित्तकाे जगेडाकोष निकै मजवुद रहेकाे छ । संस्थाले तेश्राे त्रैमाससम्ममा १ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ छुटाएको छ ।
यसैगरी कर्जामा गत साेही अवधिकाे तुलनामा १५ . ९१ प्रतिशतले वृद्धि गर्दै १९ अर्ब ७ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । यसै अवधिमा लघुवित्तको खुद व्याज आम्दानी २२ . ९३ प्रतिशतले बढेर ६५ करोड ४० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २७ . ७६ प्रतिशतले बढेर ५४ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
प्रमुख वित्तिय सूचकांकहरूः
- प्रतिशेयर आम्दानी वार्षिक ५८ . ६९ रुपैयाँ,
- निष्कृय कर्जा ० . १५ प्रतिशत,
- जोखिम युक्त सम्पत्ति ११ . ०७ प्रतिशत,
- मुल्य आम्दानी अनुपात १५ . ५९ गुणा,
- प्रतिशेयर नेटवर्थ २९४ . ५४ रुपैयाँ,
- प्रति शेयर कुल सम्पत्तिकाे मूल्य २६३१ . ९२ रूपैयां र
- तरलता अनुपात ७ . ८७ प्रतिशत रहेको छ ।
