विश्वकाे अनाैठाे स्थान, जहाँ हरेक तीन मिनेटमा भूकम्प जान्छ

Investopaper, भाद्र १०, २०७६

हामी भूकम्पीय जाेखिम क्षेत्रमा रहेकाेले जुनसुकै बेला पनि भूकम्पकाे खतरा मडारिइरहेकाे हुन्छ । अझ १९९० साल र २०७२ सालकाे भूकम्पले धेरै नेपालीलमइ बेघरबार बनायाे । सबैजसाे नेपालीकाे साताे पुत्लाे उडाइदिएकाे छ । पटकपटक आइरहने अफ्टर सक्सले पनि सधै सन्त्रास फैलाइ रहन्छ । विश्वमा यस्ता स्थानहरू पनि छन जहाँ साना साना कम्पनहरू आइरहन्छन, यस्ताे देशकाे बारेमा जानकारी गराै ।

एक रिर्पोट अनुसार दक्षिण क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प जान्छ। क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी र युनिभर्सिटि अफ क्यालिफोर्निया (सेन डिएगो) को अध्ययनमा यस्तो खुलासा भएको हो। दक्षिण क्यालिर्फोनियामा २००८ देखि २०१७ को बीचमा २० लाख पटक भूकम्प आएको थियो। तर, यसको तिव्रता २.० देखि ३.० रेक्टरस्केल थियो। त्यसैले मानिसहरुले महसुस गर्न पाएनन्। रिर्पोट अनुसार यो ठाउँमा दिनहुँ चार सय ९५ पटक भूकम्प जाने गरेको छ।

यु एस जियोलोजिकल सर्वे अनुसार ३.० रेक्टरस्केलको भूकम्प मान्छेले महशुस गर्न सक्दैनन्। सबै आ–आफ्नो काममा व्यस्त रहने कारण प्राय मानिसहरुलाई भूकम्पको झट्का महशुस हुँदैन। कम रेक्टर स्केलको भुकम्प पत्ता लगाउन वैज्ञानिकहरुले टेंपल मेचिंग प्रक्रिया अपनाएका छन्।

स्मिोलोजीमा २००६ देखि नै यो प्रक्रिया अपनाएको देखिन्छ। त्यो समयमा हफ्ताको दुई पटक मात्र यसको प्रयोग गरिन्थ्यो।

अनुसन्धानकर्ता जाक रोजका अनुसार टेंपल मेचिंग प्रक्रियामा डाटा स्टोर गर्न गाह्रो हुन्छ। यसको लागि ठूलो कम्प्युटर चाहिन्छ र कम रेक्टर स्केलको भूकम्प मापन गर्न ठूलो एकमुस्ट डाटा प्रयोग गर्नुपर्छ।

यो डाटाबाट कसरी भूकम्प जान्छ भन्ने पत्ता लगाउन सकिन्छ। रोजका अनुसार टेंपल मेचिंगले केही सेकेन्डको समय दिन्छ र जस कारण बचाउको लागि उपाय निकाल्न सजिलो हुन्छ।

हार्वर्ड यनिर्भसिटीका सिस्मोलोजिस्ट मेरिन डेनोलेका अनुसार टेंपल मेचिंगबाट प्रयोग गरिएको डाटा भविष्यमा हुने अनुसन्धानमा काम लाग्नेछ। टेंपल मेचिंगको कारण हामीलाई थाहा पाउन सजिलो हुन्छ कि भूकम्प कँहा र कसरी आएको छ। आजसम्म नदेखेको फाल्ट सिस्टम पत्ता लगाउन पनि यसले मद्दत गर्छ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *