आज शुक्रबार सुनचाँदीकाे भाउमा बृद्धी, कतिमा हुँदैछ काराेबार ?

न्भेष्टाेपेपर । मंसिर १, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा बृद्धी भएकाे छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवारकाे भन्दा २ हजार ३ सय रूपैयाँले सुनकाे भाउ बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. १ लाख १५ हजार ५ सयमा कारोबार भएको छ । तिहार विदा परेकाले गत साेमबार छापावाला सुनको मूल्य प्रतितोला रू. १ लाख १३ हजार २ सयमा कारोबार भएको थियो । शुक्रवार छापावाला सुन प्रतितोला रू. २ हजार ३ सयले बढेर काराेवार भएकाे छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. १ लाख १४ हजार ९५० मा कारोबार भएको छ । तेवाबी सुनकाे मूल्यपनि २ हजार ३ सय रूपैयाँले बढेकाे हाे ।

यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि बृद्धी भएकाे छ । बिहीवार प्रतितोला रू. १ हजार ३६० मा कारोबार भएको चाँदी शुक्रवार ९० रूपैयाँ बढेर १ हजार ४५० रूपैयाँमा किनबेच भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *