ब्रह्माण्डीय महायज्ञको आज अन्तिम दिन, एमाले अध्यक्ष ओली पञ्चकोटमा आउँदै

न्भेष्टाेपेपर । फागुन २३, २०८०

बागलुङ ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधवार दिउसो बागलुङको प्रसिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोट आउँदै हुनुहुन्छ । पञ्चकोटमा जारी ब्रह्माण्डीय महायज्ञको आज अन्तिम दिन अध्यक्ष ओली दिउसो १ बजे यहाँ आउन लाग्नुभएको हो । 

अध्यक्ष ओलीलाई महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्य,नेकपा एमालेका बागलुङका नेता तथा कार्यक्रर्ताहरुले स्वागत गर्ने छन् । 

पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाहरू गण्डकी माताको मन्दिर,हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट,हनुमानको मूर्ति र यज्ञमण्डपको अवलोकन सहित महायज्ञलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको महायज्ञका प्रवक्ता सनातन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञ मार्फत जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको छ ।  

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ फागुन ९ गते देखि सञ्चालित महायज्ञ आज समापन  हुँदै छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *