समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

न्भेष्टाेपेपर । कात्तिक २०, २०८१

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि विक्रीमा ल्याएको एफपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्रीमा ल्याएको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी बनेको संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम पूँजी संरचना कायम हुने गरी एफपीओ विक्री गर्न लागेको हो ।

कम्पनीका अनुसार संस्थापक तर्फ ६९ दशमलव ४८ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ५२ प्रतिशत शेयर संरचना कायम हुने गरी अपुग रकम ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाा बराबरको एफपीओ विक्री गर्न लागिएको हो ।

मुक्तिनाथ क्यापिटल लिमिटेड विक्री प्रबन्धक रहेकाे यस कम्पनीकाे शेयरमा मागभन्दा बढी आवेदन परिसकेकाले यो एफपीओ छिटो अवधि अर्थात आज कात्तिक २० गते वैँकिंग समय पश्च्यात विक्री बन्द हुने छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *