थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै

न्भेष्टाेपेपर ।  चैत्र १४, २०७९

काठमाण्डाैँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल र भुटान भिड्दैछन् । यो खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । नेपालले लाओसलाई २–० ले हराएको थियो । यस्तै, लाओसले भुटानलाई २–१ ले हराएको थियो ।

तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि शुक्रबार खेल्ने छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *