आज स्थानिय बजारमा सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्याे
इन्भेष्टाेपेपर । पुष १०, २०७९
काठमाण्डाैँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार बुधबार प्रतितोला रु एक लाख २ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ३ हजार १ सय तोकिएको छ ।
यसैगरि आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ४ सय रुपियाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रूपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ८५ रूपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९९ दशमलव ५८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
