आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव हुने

इन्भेष्टोपेपर । फागुन १५, २०७८

काठमाण्डाैँ । आज आइतबार बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य बदली लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार दिउँसो भने देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश,गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

बाँकी भू–भागहरुमा आंशिक बदली हुनेछ । देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन–चट्याङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोछ ।

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थान तथा बागमती प्रदेश र प्रदेश–१ का उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना हुनेछ ।

आइतबार राती भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *