आज मंगलवार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट, प्रतिताेला १ लाख माथि

इन्भेष्टाेपेपर ।  पुष ५, २०७९

काठमाण्डाैँ । स्थानिय बजारमा आज मंगलवार सुनको भाउ सामान्यरूपले घटेको छ । साेमबारकाे तुलनामा पहेँलो धातु सुनको भाउ मंगलवार १०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. १ लाख ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. १ लाख ५०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला १०० रूपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९९ हजार ९०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला १ लाख रूपैयाँमा कारोबार भएको थियो । 

सुनकाे बजार भाउ नेपालकाे कारणले भन्दा पनि अन्तर्राष्ट्रिय कारणले बढी प्रभावित हुन्छ । विश्वमै सुनकाे भाउ घटेकाले यहाँ पनि मूल्य घटेकाे हाे ।

त्यसैगरी यस दिन चाँदीको मूल्यमा पनि गिरावट अाएकाे छ । सोमवार प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले घटेर प्रतितोला एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *