आज मंगलबार सुनकाे भाउ बृद्धी हुँदा चाँदीकाे भाउ घट्याे

न्भेष्टाेपेपर ।  फागुन १३, २०८१

काठमाण्डाैँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पनि प्रतितोला रु पाँच सय बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाला सुन प्रतितोला १ लाख ७१ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । हिजाे साेमवार नेपाली बजारमा छापावाला सुन प्रतितोला  १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने प्रतितोला रु १५ घटेको छ  घटेकाे छ । आज चादी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *