आज सुनचाँदीकाे भाउमा गिरावट, कति ताेकियाे त स्थानिय बजारमा मूल्य ?
इन्भेष्टाेपेपर । मंसिर २०, २०७९
काठमाण्डाैँ । केही दिनदेखि बढेर करीव १ लाखकाे हाराहारीमा पुगिसकेकाे सुनकाे भाउ आज भने घटेकाे छ । हिजाे प्रति ताेला आठसय रूपैयाँले बढेकाे सुनकाे भाउ आज भने ६ सय रूपैयाँले घटेकाे छ। आज सुनकाे साथसाथै चाँदीकाे भाउमा पनि सुधार आएकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाला सुन ६ सय रूपैयाँले घटेर प्रतितोला ९९ हजार ३ सय रूपैयाँ कायम भएकाे छ। हिजाे नेपाली बजारमा छापावाला सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजावी सुनकाे भाउ पनि हिजाेकाे मूल्यभन्दा ६ सय रूपैयाँले घटेकाे छ ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि सुधार भएकाे छ। हिजाे साेमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८५ रूपैयाँ थियाे भने आज प्रति ताेला रू. ३५।- ले कमभै १ हजार ३ सय ५० रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
