आज सुनकाे भाउ घट्याे, ताेलाकाे कति ?

इन्भेष्टोपेपर । फागुन ११, २०७८

काठमाण्डाैँ । निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज झिनाे सुधार देखिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला ५०० रूपैयाँले घटेर काराेवार भएको छ ।

नेपाल सुनचाँदी व्यबसायी महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ५ सयमा र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार रूपैयाँ तोकेको छ । हिजाे छापावाला सुन यस वर्षकै सबैभन्दा बढी प्रतितोला ९७ हजार रूपैयाँमा र तेजाबी सुन प्रतितोला रु ९६ हजार ५०० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

सुनको मूल्य केही घटेतापनि चाँदीको मूल्य भने केही बढेकाे छ । हिजाे प्रतिताेला रू. १ हजार ३ सय १५ रहेकामा आज पनि चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेर १ हजार ३ सय २० रूपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

रुसले र यूक्रेन तनावका कारण अन्तर्राष्ट्रिय बजारमा शेयरको मुल्यमा आएकाे गिरावटका कारण लनगानीकर्ता सुन प्रति आकर्षित हुँदा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहेको छ । बुधबार अन्तरराष्ट्रिय बजारमा सूनको मूल्य प्रतिऔंस १ हजार ८९६ डलर ३० सेन्टमा पुगेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *