एभोकाडो सेवनका प्रमुख ६ फाइदाहरु

न्भेष्टाेपेपर । असाेज १३, २०८०

एभोकाडो आजभोली बजारमा सहजै पाइन्छ। एभोकाडो खानेहरु पनि बढ्दो छन्। मिठो पनि हुने अनि अन्य परिकारसंग पनि मिसाउन सकिने भएकाले एभोकाडोको प्रयोग बढेको हो। एभोकाडोले स्वास्थ्यमा पुर्याउने फाइदापनि टन्नै छन्। यी हुन मुख्य फाइदाः

१. मुटु स्वस्थ्य राख्छः एभोकाडोमा बेटा-सिटोस्टेरोल हुन। जसले कोलस्टोरको स्तर व्यवस्थित गरेर मुटु स्वस्थ्य राख्छ।

२. आँखाको स्वास्थ्य सपारी विकिरणले गर्ने क्षति कम गर्छः यो फलमा ‘लुटिन’ र ‘जिजान्थिन’ हुन्छ, जसले आँखाको स्वास्थ्यमा सहयोग गर्छ। साथै अल्ट्राभ्वायलेट विकिरणले गर्ने क्षति कम गर्छ।

३. ओस्टिओपोरोसिस निको पार्छः एभोकाडोमा पाइने भिटामिन ‘के’ले हाडको स्वास्थ्य कायम राख्छ। हाड कमजोर भएर भाँचिने रोगलाई ओस्टिओपोरोसिस भनिन्छ। दैनिक केवल आधा एभोकाडोको सेवनले शरिरलाई चाहिने २५ प्रतिशत भिटामिन पूर्ति हुन्छ।

४. क्यान्सर रोकथाममा सहयोग गर्छः फोलेट पाइने खानेकुराहरुले पेट, घाँटी र प्यान्क्रियाजको क्यान्सर रोकथाममा सहयोग गर्ने अध्ययनहरुले देखाएको छ। फोलेट भिटामिन बी को एक प्रकार हो र बोनम्यारोमा रातो र सेतो रक्त कोषिका निर्माण गर्दा यसको आवश्यकता पर्छ। फोलेटले कसरी क्यान्सरको रोकथाम गर्छ यसको कारण स्पष्ट छैन। तर यसले डिएनएमा नचाहिँदो म्युटेसन रोक्छ भन्ने अनुमान गरिन्छ।

५. डिप्रेसन कम गर्छः एभोकाडोले शरिरमा होमोसिस्टेनाइन थुप्रिन दिदैन। होमोसिस्टेनाइनले दिमागमा पोषकतत्वको सर्कुलेसनमा वाधा पुर्याउँछ। यसलाई थुप्रिन नदिदाँ मस्तिष्क स्वस्थ राख्न मद्धत पुग्छ, फलतः यसले डिप्रेसन घटाउँछ।

६. पाचन प्रक्रिया सुध्रिन्छः एभोकाडोमा पाइने फाइरले पाचन प्रक्रिया सहज गर्न मद्धत गर्छ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *