आज सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने
इन्भेष्टोपेपर । श्रायण १२, २०७७
नेपाल राष्ट्र बैंकले आज सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आज सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो ।
ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले यही साउन ५ गते पनि पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
