मेगा बैंकलाई दुई अवार्ड, सिइओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

इन्भेष्टोपेपर । चैत्र १०, २०७८

काठमाण्डाैँ । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ जित्नुभएको हो ।

सिंगापुरस्थित वल्र्ड बिजनेश आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत नेपालको बिभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो ।

स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक बर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो भने यस वर्ष संघिय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ ।

शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

यसैगरी, नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइआको इतिहास बनाउनुभएकी सिइओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वल्र्ड बिजनेश आउटलुकले जनाएको छ ।

नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सिइओ खुञ्जेली मात्रै हुनुहुन्छ । सिइओ खुञ्जेलीले यसैबर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गर्नुभएको थियो । उहाँकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उहाँ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गर्नुभएकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सिइओ खुञ्जेलीले गौरवान्वित महसुस गरेको बताउनुभयो । यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने सिइओ खुञ्जेलीले बताउनुभयो । २०४ वटा शाखा सञ्जाल रहेको मेगा बैंक स्थापनाको एक दशकमै नेपालको स्थापित बैंकको रुपमा अग्रपंक्तिमा रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *