आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई युक्रेनका राष्ट्रपतिकाे अपिल

इन्भेष्टोपेपर । माघ १५, २०७८

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।

निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उनले सञ्चारकर्मीहरूलाई बताए।

बिहिवार अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आफ्नो विश्वास रहेको बताएका थिए।

तर रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ। शुक्रवार रुसी विदेश मन्त्रीले मस्कोले युद्ध नचाहेको बताएका थिए।

रुसले युक्रेनसँगको सीमा नजिकै एक लाख सेना तैनाथ गरेको छ। जेलेन्स्कीले गत वर्षको रुसी सैन्य उपस्थितिको तुलनामा अहिले बढी खतरा नदेखेको बताएका छन्।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *