एमाले काेशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

न्भेष्टाेपेपर । असाेज १६, २०८०

काठमाण्डाैँ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभएकाे छ ।

प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गर्नुभयाे । विजयी हुनुभएका खतिवडाले ५१२ मत प्राप्त गर्नुभयाे भने ढकालले ४३० मत मात्र पाउनु भयाे ।

प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभयाे । उहाँ यसअघि पनि प्रदेशको उपाध्यक्ष पदमै कार्यरत हुनुहुन्थ्याे ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी ५२४ मत ल्याएर विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गर्नुभयाे । भण्डारी खतिवडा प्यानलबाट उम्मेदवार बन्नुभएकाे थियाे ।

उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित हुनुभएकाे छ । दुवैजना नै खतिवडा प्यानलका हुनुहुन्छ ।

उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *