समानुपातिक तर्फको मत गणनामा एमाले पहिलाे, प्रत्यक्षतर्फ ३ स्थानकाे घाेषणा
इन्भेष्टाेपेपर । मंसिर ६, २०७९
काठमाण्डाैँ । प्रत्यक्षतर्फको मत गणनासँगै समानुपातिक तर्फकाे मत गणना पनि भइरहेको छ । हालसम्म प्रतिनिधी सभाकाे ३ स्थानकाे अन्तिम नतिजा प्रकाशित भैसकेकाे छ । काठमाण्डाै १ र मुस्तांग २ सिट नेपाली काग्रेसकाे पाेल्टामा गएकाे छ भने ललितपुरकाे २ नं. क्षेत्रमा नेकपा एमालेले विजय हात पारेकाे छ ।
अहिलेसम्मको मत गणनामा समानुपातिक मत गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको हाे । आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।
अहिलेसम्म एमालेले ६२ हजार बढी मत प्राप्त गरेको छ भने कांग्रेसले ५५ हजार मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब २८ हजार मत प्राप्त गर्दा माओवादीले २४ हजार मत प्राप्त गरेकाे छ । यसैगरि पाँचौं स्थानमा रहेको राष्ट्रि प्रजातन्त्र पार्टीले १४ हजार बढी मत प्राप्त गरेकाे छ ।
त्यस्तै जनमत पार्टीले ४ हजार ५ सय, जनता समाजवादी पार्टीले ४ हजार ६ सय, नेपाल मजदुर किसान पार्टीले ४ हजार १ सय, नेकपा एकिकृत समाजवादी पार्टीले समानुपातिकतर्फ जम्मा २ हजार ७ सय र लोकतान्त्रिक समाजवादी पार्टीले २ हजार ३ सय मत प्राप्त गरेको आयोगले जनाएको छ ।
