राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्ने

न्भेष्टाेपेपर । कात्तिक १४ २०८०

काठमाण्डाैँ । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव  एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैहुनुहुन्छ । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको कक्षको निरीक्षण गर्नुभएकाे थियाे । सभामुख घिमिरेले बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित हुन सम्पूर्ण सांसदहरूलाई निर्देशन दिनुभएकाे छ ।

महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमनत्रणा दिइएको छ ।

आइतबार बिहान नेपाल आइपुग्नुभएका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधबार तीनदिने भ्रमण सकेर फर्किदैहुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *