१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिप : नेपालले आज भारतसँग खेल्दै

न्भेष्टाेपेपर । फागुन २४, २०८०

काठमाण्डाैँ । १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । बङ्गलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ । दुई अङ्क भएको भारत दोस्रो स्थानमा र समान दुई अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *