रुस र युक्रेनलाई तत्काल वार्ता शुरू गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वान

न्भेष्टाेपेपर ।  जेठ  ७, २०८२

काठमाण्डाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्यका लागि तत्काल वार्ता शुरू गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घन्टा लामो संवाद गरेको पनि सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

साथै ट्रम्पले रुस र युक्रेनले युद्धविराम र अझ महत्त्वपूर्ण युद्ध अन्त्यको लागि तत्काल वार्ता शुरू गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । रुसी राष्ट्रपति पुटिनले शान्तिका लागि युक्रेनसँग सहमतिमा पुग्न तयार रहेको सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ ।

यद्यपि, उहाँले सहमतिमा के–के बुँदाहरू समावेश हुन्छन् भन्नेबारे स्पष्ट गर्नुभएको छैन । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि अमेरिका, युरोपेली सङ्घका देशहरू, बेलायत, रुस र युक्रेनबीच उच्च स्तरीय बैठक आयोजना गर्ने प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *