“भ्यालेन्टाईन डे” तथा “भ्यालेन्टाईन विंक” : युवा चासाे!
इन्भेष्टोपेपर । फागुन १, २०७८
विश्वभर हरेक वर्ष १४ फरवरीकाे दिन “भ्यालेन्टाईन डे” काे रूपमा मनाईन्छ । त्यसैगरी फरवरी ७ तारिख देखि १३ तारिखसम्म “भ्यालेन्टाईन विंक” (सप्ताह) काे रूपमा मनाईन्छ ।
यातायातकाे विकास संगै संचारमा भएकाे अकल्पनिय विकासले सारा विश्वलाई मुट्ठीभित्र कव्जा गर्न सफल भएकाे छ । आजभाेली विस्तारै पाश्च्यात्त संस्कार र सस्कृति अवलम्वन गर्न पाउँदा आफैलाई सभ्य सम्झने समाजकाे विकास र विस्तार हुँदैछ । हुन त पश्चिमा देशहरूमा पनि पूर्वीय संस्कार मन पराउने तथा गीता, वेदका मन्त्राेच्चारण गरि कार्य शुभारम्भ गर्ने पनि नभएकाे चाहीँ हैन ।
पश्चिमा सस्कृति अनुरूप “भ्यालेन्टाईन डे” लाई आफ्नी प्रेमिकालाई प्रेमभाव प्रकट गर्ने दिनकाे रूपमा लिईन्छ । १४ फरवरीकाे दिनलाई नेपालमा पनि “प्रणय दिवस” काे रूपमा मनाउन शुरू गरिएकाे छ । एक साता अँगाडीबाट मनाउन शुरू गर्ने हुनाले फरवरी ७ देखि १३ सम्मकाे सात दिनलाई “भ्यालेन्टाईन विंक” नामाकरण गरिएकाे छ । यसका बारेमा छाेटाे जानकारी गराै ।
भ्यालेन्टाईन विकका सात दिनः
1. Rose Day :- याे दिन अविवाहित युवाहरूले आफ्नी प्रेयसीलाई गुलाफकाे फूल दिएर प्रेमभाव प्रकट गर्दछन ।
2. Propose Day :- आफ्नी प्रेमिकालाई विभिन्न हाउभाउ सहित माया भएकाे अभिव्यक्ति प्रकट गर्दछन ।
3. Chocolate Day :- एक आपसमा चकलेट साटासाटगरि सधै यस्तै मिठाे र बाँडिचुडी खाने रमाउने कार्यकाे थालनी हुन्छ ।
4. Teddy Day :- टेड्डी वियर उपहार दिने तथा सरल र साेझाे रूपमा जीवन बिताउने प्रतिककाे रूपमा लिन्छन ।
5. Promise Day :- जीवनकाे अन्तिम अवस्थासम्म साँचाे माया गर्ने वाचा बन्धन गर्ने कार्य हुन्छ ।
6. Hug Day :- अगालाेमा बाँधिएर प्यार साटासाट गर्ने गरिन्छ । आलिंगनले सामिप्यता जाहेर गर्दछ ।
7. Kiss Day :- राेमान्टिक दिनकाे रूपमा लिईन्छ, प्रेमिकालाई किस गर्दै मायाकाे संसारमा डुवुल्की मार्दछन् ।
Feb. 14, Valentine Day :-
याे दिन प्रेमी प्रेमिका वा युगल जाेडिले दिनभर साथसाथै समय विताउँछन् । मन पर्ने गिफ्ट दिएर प्रेमभावकाे डाेरीकाे गाँठाेलाई थप मजवुद बनाउन प्रयासरत रहन्छन् । यस दिनकाे दिनचर्यामा घुमफिर, सपिङ्ग, मनपर्ने फिल्म हेर्ने तथा रेष्टुरा जाने आदि कार्यहरू पर्दछन् ।