मधेश प्रदेशमा मूल्य श्रृंखला (भिटा) कार्यक्रम शुभारम्भ
इन्भेष्टाेपेपर । जेठ १५, २०७९
बर्दिबास । कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोषको वित्तिय सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकद्धारा संचालन हुन लागेको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम कृषि विकास बैक लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका माननिय उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी महोत्तरीको बर्दिवासमा एक कार्यक्रमबीच विधिवत रुपमा शुभारम्भ भएको छ ।
यस कार्यक्रममा कृषि विकास बैंक लि. जनकपुर प्रदेश कार्यालयका निर्देशक तिलक प्रधानले सहभागिहरुलाई स्वागत गर्दै यस कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो भने बैकका उपमहाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमको बिस्तृत रुपमा जानकारी दिंदै लक्षित कृषि बस्तुहरु तथा कार्यक्रम संचालनका प्रमुख आर्थिक स्रोतहरुको सम्बन्धमा बताउनु भयो ।
सहभागीहरुको जिज्ञासाहरु संवोधन गर्ने क्रममा श्यामबहादुर खडकाले यो कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धि बनाउदै व्यावसायिक कृषिलाई प्रर्वद्धन गर्ने उद्धेश्यले संचालन गर्न लागिएको जानकारी गराउनु भयो ।
त्यस्तै शुभकामना मन्तव्य दिने क्रममा प्रविधि, वित्तीय पहुँच तथा बजारिकरणको माध्यम द्धारा परम्परागत रुपमा रहेको निर्वाहमुखि कृषि प्रणालीलाई रुपान्तरण गरि व्यवसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको प्रमुख अतिथी डा.झाले बताउनुभयो ।
मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेश बहादुर मगराती, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिह र अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले यस क्षेत्रमा कृषिको महत्वको बारेमा प्रकाश पार्दै यस भिटा कार्यक्रमले पुर्याउन सक्ने योगदानका सम्वन्धमा सुझाव सहित यस कार्यक्रमको सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव तथा कृषि विकास बैंक लि. का संचालक राजेन्द्र मिश्रले जुम मार्फत किसानहरुमा सहुलियत दरमा वित्तिय पहूँच पुर्याउन यस कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताउदै यस कार्यक्रमले किसानको उत्पादन र उत्पादकत्व बृद्धि गरी आयातमा प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन हुने गरी मूल्य श्रृंखलाको अवधारणामा लगानी गरिने बताउदै मन्त्रालयको तर्फबाट पूर्णसाथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
