मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु

न्भेष्टाेपेपर ।  चैत्र १३ २०७९

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत्र महिनामा विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैला को अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक वोर्डहरु हस्तान्तरण गरेको छ ।

साथै , बैंकले घोराही उप– महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई ऋऋत्ख् क्यामेरा जडानको लागि सहयोग गरेको छ भने विदुर नगरपालिका वडा नं .०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले श्री पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएकाृ छ र इच्छुक ग्राहकहरुले मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *