विश्व हिन्दू परिषदद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन-पुजा खुलाउन माग

इन्भेष्टोपेपर । भाद्र ११, २०७

काठमाण्डौ ।  विश्व हिन्दू परिषद नेपालले भगवान श्री पशुपतिनाथको मन्दिर खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ ।

विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंह, उपाध्यक्ष उद्धव कुमार घिमिरे, संगठन सचिव प्रल्हाद कुमार सहितको एक टोलीले आज जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ एवं पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा “कोरोना महामारीका कारण देशका विभिन्न मन्दिरहरुमा नियमित दर्शन–पूजा बन्द गरिएको छ । कोरोना कहरका कारण हिन्दू धर्मावलम्बीहरुको चाड पर्व पनि प्रभावित भएको अवस्था छ ।

यसैविच हालै देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई भीडभाडका साथ पर्व मनाई रहँदा कही कतै प्रशासनद्वारा बाधा अवरोध वा कारवाही गरिएको देखिएन । चर्च र मस्जिदहरू निर्वाधरूपमा खुला गरिएको छ तर हिन्दू धर्माबलम्बीहरूको चाडपर्व तथा धार्मिक स्थलहरुलाई मात्र कोरोना महामारीको बहानामा प्रशासनले बाधा–अवरोध पु¥याई बहुसंख्यक हिन्दू धर्माबलम्बीहरूको आस्थामाथि आघात पु¥याएको छ ।

मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा समेत सम्पूर्ण नेपालीहरू आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिरमा पनि हालसम्म नियमित दर्शन–पूजा खुला नगरिनु अत्यन्तै गम्भीर एवं दुखद विषय हो ।

निश्चित समयसम्म स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर भगवान श्री पशुपतिनाथको मन्दिर लगायत देशै भरिका मठ–मन्दिरहरुमा समेत नियमित दर्शन–पूजा खुला गर्न आवश्यक व्यवस्था मिलाउन हुन सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ । जय श्री राम । नेपाल आमाको जय ।।” उल्लेख गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *