राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

इन्भेष्टोपेपर । आश्विन २७, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको महाअष्टमीको दिन बुधवार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो ।

पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले बुधवार बिहान करीब १० मिनेट पूजाअर्चना गर्नुभएको हो । उहाँ बिहान १०:३० बजे मन्दिर पुग्नुभएको थियो । उहाँ राष्ट्रपति भएपछि यस मन्दिरमा गर्नुभएको पूजाअर्चना यो तेस्रो पटक हो । गत वर्ष कोरोना संक्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो । 

राष्ट्रप्रमुखले बडादशैंको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भिम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो । 

हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गर्नुभएको राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करीब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पु¥याइएको थियो । 

करीब १ हजार ७०० वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ । यो मन्दिरमा विशेष गरी दशैं, माघे–संक्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *