विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीकाे राजीनामा

इन्भेष्टाेपेपर ।  साउन १४, २०७९

काठमाण्डाैँ । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा थिए। २०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित भएका थिए।

केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आएका थिए।

पछिल्लो समय राष्ट्रिय दल बाहेक अन्य पार्टीहरूले स्थानीय तहको निर्वाचनमा दलको चुनाव नपाउने कानुनी प्रावधानको विरुद्ध पार्टीको तर्फबाट नेतृत्व गर्दै ३८ दलको मोर्चा बनाएर सङ्घर्षमा उत्रेका उप्रेती पार्टीको आन्तरिक कलहको बाबजुद अन्तिम समयमा अप्रत्याशित किसिमले स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएको लामो समय बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उप्रेतीको राजीनामालाई अर्थपूर्ण मानिएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *