“ग्लोबल स्मार्ट प्लस” मार्फत नेपाल आइडलमा भोटिङ गर्न सकिने

इन्भेष्टोपेपर । फागुन २५, २०७८

काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरी भोट गर्न सक्नेछन् ।

बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई “विजयी भव” भनी जीतकालागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको छ ।

सबै क्षेत्र रवर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामासमेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *