कामना सेवा विकास बैंकद्वारा भक्तजनहरुलाई पानी तथा जुस वितरण

इन्भेष्टोपेपर । फागुन १८, २०७८

काठमाण्डाैँ । महाशिवरात्रीको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा पाल्नु हुने भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ ।

यसैगरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको थियाे । उक्त कार्यमा बैंकका कर्मचारीहरु बिहानैदेखि खट्नु भएको थियाे ।

बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुंदा भक्तजनहरुलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस भन्ने पवित्र उद्देश्यका साथ यस प्रकारको सेवा प्रदान गरिएको र आगामी वर्षहरुमा समेत यस पवित्र कार्यलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *