आगामी तीन दिनको मौसम : चिसाे बढने, हल्का वर्षा र हिमपातको संभावना

इन्भेष्टोपेपर । माघ ६, २०७८

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल सुदुर पश्चिम प्रदेश, कर्णाली  प्रदेश लगायत अन्य प्रदेशका पहाडी भागहरुमा आन्शिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सुरकुहिरो लागेको छ।

बिहीबार  देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

शुक्रबार  देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

शनिबार  देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *