आगामी तीन दिनको मौसम पूर्वानुमान ( बैशाख ८ – १० गतेसम्म )

इन्भेष्टोपेपर । वैशाख ०८, २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावले देशभर आंशिक देखि सामान्य  बदली  रहने छ।

देशको विभिन्न भागहरूमा आंशिक देखि सामान्य  बदली रही अपरान्ह पश्च्यात केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

देशका  केही  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग / हावाहुरी / असिनासहित वर्षा हुन सक्ने  देखिएकोले सतर्कता अपनाउन सबैलाइ सूचित गरिएकाे छ |

आगामी तीन दिनको मौसम पूर्वानुमानः

बैशाख ८ गते (सोमबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ९ गते (मंगलबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

 बैशाख १० गते (बुधबार)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *