पूर्वी र मध्य भू-भागमा मनसुन सक्रिय, पश्चिममा सर्दै देशभर बर्षा हुने

इन्भेष्टोपेपर । असार २, २०७७

नेपालको  पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ। अब मनसुनी बर्षा देशभर सक्रिय हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने जनाएको छ । विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको मौसमविदले जनाएका हुन् । 

आज सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने मौसमविदको भनाइ छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *