नवगृह प्रवेश र नवकार्य प्रारम्भ गर्न बुधबार अत्युत्तम

माघ २२, २०७६ | Investopaper

हिन्दू धर्मशास्त्र अनुसार हरेक बारका छुट्टाछुट्टै इष्ट देवता छन भने फल पनि साेही अनुरूप प्राप्त हुन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत समेत बस्ने गर्दछन्।

जननीवनमा झुण्डिएकाे उखान हाे – ‘साेम खेती बुध घर’ । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने शुरुवात सोमबार गर्नुस् र तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो ।

‘बुध‘ ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *