स्वास्थ्यका लागि हानिकारक मदिराको लतबारे साेधकर्ताहरु के भन्छन् ?

इन्भेष्टाेपेपर ।  फागुन १, २०७९

संसारमा कयौँ मानिसहरू मदिराको लतका कारण समस्यामा छन्। विश्वमा कयौँ यस्ता मानिस छन्, जो मदिराको लतमा छन्। मदिरा पिउनु स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ। तर यसका बावजुद पनि मानिस मदिरा सेवन गर्ने गर्छन्।

कयौँ मानिस मदिराको सेवनबाट आफ्नो नियन्त्रण नै गुमाउँछन् र हंगामा मच्चाउँछन्। आखिर मदिरामा त्यस्तो के चिज छ  र मानिस यसको सेवनका लागि मरिहत्ते गर्न थाल्छन् ? हाल आएर भने वैज्ञानिकले मानिसलाई मदिरा सेवनको लत किन लाग्छ भनेर खुलासा गरेका छन्।

एक नयाँ अध्ययनमा मानिसमा मदिराको लतबारे बाँदरमा भएको अध्ययनलाई समेत जोडिएको छ। वैज्ञानिकका अनुसार बाँदरले खानका लागि पाकेको र थोरैमात्र सडेको फल खोज्छन्। वैज्ञानिकका अनुसार बाँदरले खाने फलमा २ प्रतिशत अल्कोहलको मात्रा हुने गर्छ। रोयल सोसाइटी ओपन साइन्स जनरलमा यो अध्ययन प्रकाशित भएको हो।

बायोलोजिस्ट रोबर्ट डुडलेले करिब २५ वर्ष सम्म मानिसमा मदिराको लतको बारेमा शोध गरिरहेका छन्। उनी बर्कलीको युनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गर्छन्। उनले मानिसमा मदिराको लतको विषयलाई लिएर २०१४ मा एक पुस्तक लेखेका थिए। जसको नाम ‘द ड्रकेन मङ्कीः ह्वाइ वि ड्रिक एन्ड एब्यूज अल्कोहल’ थियो। यो किताबमा उनले मानिसमा बाँदरबाट मदिराको लत लागेको संकेत दिएका छन्। पाकेको फलमा अल्कोहलको बासना आउँछ। यसैले बाँदर खानका लागि पाकेको फलको पर्खाइमा हुन्छ। यसो गर्नाले बाँदर उसले  खाने फलमा अल्कोहलको अंश मिलोस्।

मानिसमा मदिराको लत पत्ता लगाउन नयाँ अध्ययन भएको छ। यो अध्ययनले ‘ड्रकन मङ्की हाइपोथेसिस’ लाई समर्थन गर्छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाका बायोलोजिस्टले यो अध्ययन गरेका हुन्। बायोलोजिस्टले पनामामा पाइने ब्ल्याक हेडेड स्पापइडर बाँदरले खाएको फल र त्यसको पिसाबको नमुना संकलन गरेका थिए। अध्ययनमा बाँदरले केही गलेको फल खाएको देखा प¥यो। किनकी मदिरामा अल्कोहलको मात्रा २ प्रतिशत मात्रै पाइएको थियो। जुन प्राकृतिक रुपमै आएको थियो।

फलमा अल्कोहलको मात्रा लो–अल्कोहल बियरको बराबरी मात्रै हुन्छ। यसका साथै बाँदरको पिसाबमा पनि अल्कोहल पाइएको थियो। अध्ययनबाट मदिराको प्रयोग शक्तिका लागि गरिने देखाइएको छ। यो अध्ययनमा संलग्न क्रिस्टिना क्याम्पबेलका अनुसार मानिस जस्तै बाँदर पनि अल्कोहल भएको फल खान मन पराउँछन्।

— एजेन्सिकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *