जव १६० केजीकी महिला खाटबाट लडिन्, त्यसपछि के भयाे त ?

न्भेष्टाेपेपर । भाद्र २१, २०८०

न्यू दिल्ली । भारतको महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वाघविल क्षेत्रमा रहेकी ६२ वर्षीया महिला बिरामी भएका कारण बाहिर आउने–जाने गर्न सक्दिन थिइन् । आज बिहीवार बिहान ८ बजेतिर ती महिला खाटबाट लडेकी थिइन् ।

परिवारले उनलाई उठाउने कोसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि परिवारले दमकल विभागलाई यो घटनाको जानकारी दिएका खबरमा उल्लेख छ ।

सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।यद्यपि यस घटनाको क्रममा महिलालाई कुनै चोट नलागेको बताइएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *