बिहान नुहाउनु ठीक कि बेलुका ?

इन्भेष्टाेपेपर । कार्तिक १, २०७७

हामी सबैको आ-आफ्नै बानी र रुची हुन्छ। अनि कसैले अन्यथा भन्यो भन्दै हाम्रो बानी सजिलैसित हट्दैन पनि ! मानिस हुनुको यो एउटा विशेष गुण हो कि, कसैले पनि उसको स्वतन्त्रता छिन्न सक्दैन। तर स्वस्थ जीवन जिउने एउटा नियम हुन्छ, पद्दती हुन्छ। त्यस नियमको पालना गर्ने नगर्ने स्वयं व्यक्तिकै इच्छा र चाहनाको कुरा हुन्छ।

हामी आफ्नो शरीरलाई बाहिरबाट स्वच्छ र सफा राख्नको लागि नुहाउनु आवश्यक हुन्छ। कुन बेला नुहाउनु उचित हुन्छ- विहान या बेलुका ? “विहान नुहाउने या बेलुका, यो त व्यक्तिको व्यक्तिगत रुचीमा भर पर्ने कुरा हो।”, हार्भर्ड युनिभर्सिटीका मनोवैज्ञानिक ‘शेली कार्सन’ भन्छिन्- “तर विहान नुहाउनुको आफ्नै फाइदा र बेफाइदा हुन्छ भने बेलुका नुहाउँदा पनि व्यक्तिले दुवै फाइदा र बेफाइदा भोग्नुपर्ने हुन्छ।”

विहान स्नान गर्दा हुने फाइदाः

यदि तपाईँ कुनै रचनात्मक काम गर्न जाँदै हुनुहुन्छ अथवा जागिरको लागि अन्तर्वार्तामा जाँदै हुनुहुन्छ भने विहानमा नुहाउनु सबैभन्दा उत्तम हुन्छ, डा. शेली भन्छिन्- “नुहाउँदा हाम्रो दिमाग शिथिल स्थितिमा पुग्छ, तर सचेत अवस्थाबाट टाढिँदैन।”

डा. शेलीका अनुसार, नुहाउने बेला हाम्रो दिमागको सोँच र चिन्ता अचेतन मनमा गएर बस्दछ, जहाँ दिमागले स्वतः त्यस सोँचलाई केलाउन थाल्छ, यस्तो अवस्थालाई मनोवैज्ञानिक भाषामा ‘बेटा ब्रेन स्टेट’ (Beta Brain State) भनिन्छ। त्यति नै बेला हाम्रो दिमागको ‘अल्फा स्टेट’ (Alpha State) मा शरीरलाई तनाव र थकानबाट आराम दिने काम गर्छ र क्षय भएका शरीरका कोषहरूलाई निको पार्ने काम गर्छ। जसले गर्दा दिनभरीको बोझलाई दिमागले सजिलैसित ह्याण्डल गर्न सक्दछ। “यहि कारण हो, विहान नुहाएपछि दिनभरी फ्रेस महशुस गरिने!”- शेली भन्छिन्।

बेलुकी नुहाउँदा मीठो निन्द्राः

तथापी, यदि तपाईँलाई चाँडै निन्द्रा लाग्दैन र अबेरसम्म पनि आँखा चिम्लिन मान्दैन भने साँझको बेला नुहाउनु सही हुन्छ। यो सबै शरीरको तापक्रमले गर्दा भएको हो। मनतातो पानीले नुहाउँदा शरीरको तापक्रम अलिकति बढ्छ र नुहाएर शरीर सुकिसकेपछि तापक्रम घट्दै जान्छ। डा. शेली भन्छिन्, “यसरी शरीरको तापक्रम एक्कासी घटेपछि शरीरमा ‘कोर्टिसोल हरमोन’ (शरीरलाई जगाइराख्ने हरमोन) को मात्रा घट्दै जान्छ र सजिलै निन्द्रा लगाउन मद्दत गर्दछ।”

तर, अधिक गर्मीको बेला विचार पुर्याउनुपर्ने शेलीले सुझाव रहेकाे छ। गर्मीको बेला दिनभरी हाम्रो शरीर सामान्यभन्दा अधिक तातेको हुन्छ। यो तापक्रम सजिलै घट्नेवाला पनि हुँदैन। यसरी तातेको शरीरमा साँझको बेला चिसो पानीले भिजायो भने अब त्यहाँ शरीरको तापक्रममा असन्तुलन हुन आउँछ। मतलब शरीरको आफ्नो वास्तविक तापक्रमभन्दा पनि कम हुन जान्छ। जसले गर्दा आलश्य बनाउने, टाउको दुखाउने, दिउँसोको बेला सामान्यभन्दा बढि नै गर्मी भएको महशुस हुने, शरीरमा पानीको मात्रा घटेर जाने जस्ता समस्या उत्पन्न हुन सक्छन्।

यसरी गर्मीको बेला साँझ नुहाउँदा शरीरको रक्तचापमा पनि असन्तुलन आउने डा. शेली बताउँछिन्। त्यसैले यदि गर्मी मौसममा पनि राति नुहाउने बानी छ भने सुरुमा २ गिलास चिसो पानी पिएर अथवा रसिलो फलफूल खाएर शरीरको तापक्रमलाई सन्तुलनमा ल्याएर मात्रै नुहाउनु पर्दछ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *