विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कहाँ ?
इन्भेष्टाेपेपर । असार २८, २०७९
काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बुको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो ।
यो होटल ५ हजार १ सय ८० मिटर उचाईमा अवस्थित छ । ‘वर्ल्ड बुक्स रेकर्डस्’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ ।
उक्त प्रमाणपत्र नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई ‘वर्ल्ड बुक्स रकर्डस्’को आधिकारिक प्रमाणपत्र जुलाइ ११, २०२२ मा हस्तान्तरण गर्नुभएकाे हाे ।

उक्त स्थानमा होटल बनाउनु एकदमै चुनौती रहेकाे निकै दुखका साथ होटल बनाएइएकाे थियाे । ‘त्यहाँ सेतोमा हिँउ र कालोमा ढुंगाबाहेक केहीपनि देखिँदैन् । त्यहाँ केही उब्जाउ पनि हुँदैन् । निकै महंगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ’ शेर्पाले भन्नुभयाे, ‘आज रेकर्डकाे प्रमाणपत्र पाउँदा साह्रै खुशी लागेको छ ।’
उक्त हाेटल सन २००४ देखि संचालनमा ल्याएको प्रबन्ध निर्देशक शेर्पाले जानकारी गराउनुभयाे ।