शिवलिङ्गकाे पूजा आजा किन गरीन्छ ? अर्थ र महत्व जानीराखाै …
माघ १४, २०७६ | Investopaper
परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पूजा आजा गरी मान्छन ? किन के का लागि पूजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पूजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।
लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।
आखिर के हो त शिवलिंग ?
शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।
वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।
त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।
यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।
किन शिब लिंग काे पूजा गरीन्छ ?
शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि, अंत नभएकाे कारण लिंगलाइ शिवका निराकार रूप मानीएकाे हाे तेसैले शिवकाे साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप काे पूजा गरीयकाे हाे ।
केवल शिव लाइनै निराकार लिंग काे रूप मा पूजा गरीन्छ । लिंग रूप मा समस्त ब्रह्मांड काे पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाइ समस्त जगत काे मालीक मानीदै आएकाे छ । यसकारण शिव मूर्ति र लिंग दुबै रूप मा पूजा गरीन्छ । ‘शिव’ काे अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हाे ।
वेद मा उल्लेख भएअनुसार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर काे लागी हाे याे सूक्ष्म शरीर १७ तत्वोंले बनेकाे हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु. वायु पुराण काे अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुन: सृष्टिकाल मा जहाबाट प्रकट हुन्छ तेसैलाइ लिंग भनिन्छ । यस प्रकार विश्व काे संपूर्ण ऊर्जा नै लिंग काे प्रतीक हाे ।
पौराणिक कथा अनुसार जब समुद्र मंथन काे समय सम्पुर्ण देवताहरू अमृत काे आकांक्षी थिए तर मंथनबाटसारा संसार को समाप्त गर्न सक्ने कालकुट विष आयाे र उक्त विष लाइ भगवान शिवले सहजता पुर्बक आफ्नाे कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयाे र संसार लाइ त बचाउनु भयाे तर समुद्र मंथनकाे समय निक्लीयकाे उक्त विष ग्रहण गरेकाे कारण भगवान शिवकाे शरीरमा दहन बढ्याे र त्याे दहनलाइ शान्त गर्नकाे लागी शिवलिंग मा जल चढ़ाउने परंपरा प्रारंभ भएकाे हाे र याे आज सम्म पनि चलिरहेकाे छ ।
यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टि काे पालनकर्ता विष्णुले एक पटक, सृष्टिकाे रचयिता ब्रह्माकाे साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) काे प्रार्थना गर्नुभयाे ‘भाेलेनाथ हजुर कसाेगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिवले भन्नुभयाे, ‘यदि मलाइ प्रसन्न गर्ने हाे भने शिवलिंग काे पूजा गर्नु । जब जब कुनै प्रकार काे संकट या दु:ख हुन्छ शिवलिंगमा पूजा गर्नाले समस्त दु:खकाे नाश हुन्छ ।
