महिला टी-२० विश्वकप : दक्षिण अफ्रिका फाइनलमा, दोस्रो सेमिफाइनल आज राति

न्भेष्टाेपेपर । कात्तिक २, २०८१

काठमाडौँ ।  दक्षिण अफ्रिका आइसिसी टी-२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो । 

जितका लागि एक सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा एनेक बोशले अविजित ७४ रन बनाइन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । 

फाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ । फाइनल आइतबार खेलिनेछ । एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *