महिला विश्व कप फुटबलः आज तेस्रो स्थानका लागि आयाेजक अस्ट्रेलिया र स्वीडेन खेल्दै, भाेली फाइनल

न्भेष्टाेपेपर । भाद्र २, २०८०

काठमाण्डाै ।  फिफा महिला विश्व कप फुटबलको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् । यो खेल ब्रिस्बेन स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।

महिला विश्व कप फुटबलको फाइनल खेल भोलि हुनेछ । उपाधिका लागि इङ्ग्ल्यान्ड र स्पेन खेल्नेछन् । बुधवार भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड र मङ्गलवार भएको खेलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा पुगेका हुन् ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *