महिला विश्वकप फुटबल : स्पेन र स्विडेन सेमिफाइनलमा

न्भेष्टाेपेपर । साउन २६, २०८०

काठमाडौं ।  स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले विजयकाे दावेदार मानिएकाे जापानलाई २–१ गोलले नै पराजित गर्याे । 

स्पेन र नेदरल्यान्ड्सबीच भएकाे खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा स्पेनले निर्णायक गोल गरेको थियो । स्पेनको जितमा मारियोना ओलिभर काल्डेन्टेले खेलकाे ८१औं मिनेटमा गाेल गरी अग्रता दिलाएकी थिइन । नेदरल्यान्डस्का लागि स्टेफनी भान डेर ग्राटले खेलकाे ९०औं मिनेटमा गोल गरेर खेल बराबरी भएकाे थियाे ।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एक सय ११औं मिनेटमा साल्माले गोल गर्दै स्पेनको सेमिफाइनल यात्रा पक्का बनाइन् । सन् २०१५ बाट महिला विश्वकप खेल्न थालेको स्पेन पहिलो पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

आजै शुक्रवार न्युजिल्यान्डको इडेन पार्कमा भएको क्वाटरफाइनल खेलमा सन् २०११ को च्याम्पियन जापानलाई २–१ गोलले हराउँदै स्विडेन सेमिफाइनलमा पुगेको हो । स्विडेनका लागि अमन्दा इलेस्टेड र फिलिपा एन्जेलडलले गोल गरिन् । जापानका लागि होनोका हयाशीले १ गोल फर्काइन् । जापानले खेलको ७५ औँ मिनेटमा पेनाल्टी पाए पनि गोल गर्न सकेन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *