महिला विश्वकप फुटबल : सेमिफाइनलकाे समीकरण पूरा

न्भेष्टाेपेपर । साउन २७, २०८०

काठमाडौं । आज भएकाे खेलमा आयोजक अष्ट्रेलिया र इग्ल्याण्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । यस नतिजासँगै प्रतियोगितामा सेमिफाइनल खेलकाे समीकरण पूरा भएको छ ।

शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो । यसैगरि इंग्ल्यान्डले कोलम्बियालाई २–१ को गाेल अन्तरले पराजित गर्दै महिला विश्वकप २०२३ को अन्तिम चारको यात्रा तय गरेको छ । 

सडनडेथसम्म दुवै टोलीले १०/१० पेनाल्टी प्रहार गरेका थिए । जसमा अष्ट्रेलियाका सात खेलाडीले गोल गर्दा तीन खेलाडी चुकेका थिए । फ्रान्सका ६ खेलाडीले गोल गर्दा चार खेलाडी असफल रहे ।

अब सेमिफाइनलमा अष्ट्रेलियाले इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि  स्पेन र स्विडेन सेमिफाइनलमा पुगिसकेका छन् । शुक्रबार भएकाे खेलमा स्पेनले नेदरल्यान्ड्सलाई र स्विडेनले जापालाई पराजित गरि सेमिफाइनलमा स्थान बनाएका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *