कोरोनाअपडेट : भारतमा एकै दिन चार लाख थपिए, विश्वभर संक्रमितको संख्या १५ करोड २० लाख

इन्भेष्टोपेपर । बैशाख १८, २०७

भारतमा हिजाे एकैदिनमा ४ लाख २ हजार संक्रमित थपिएका छन् भने विश्वभर कोरोना भाइरस संक्रमिको संख्या करिब १५ करोड २० लाख पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ८ लाख ७१ हजार ५९८ जना संक्रमितहरू थपिएकाछन ।

विश्वमा काेराेना भाइरस सम्वन्धि तथ्याँकहरू सार्वजनिक गर्दै आएकाे वल्ड्राेमिटरका अनुसार विश्वभरी १५ करोड १९ लाख ९७ हजार ८९६ जना कोभिड-१९ बाट संक्रमित भएका छन् । उक्त संक्रमणको कारण विश्वभरी ३१ लाख ९३ हजार १९० जना व्यक्तिको मृत्यु भएको बताएको छ ।

पछिल्लाे २४ घण्टामा १४ हजार २६६ जनाकाे काेराेना संक्रमणका कारण मत्यु भएकाे छ भने ८ लाख ७१ हजार ५९८ जना नयाँ संक्रमितहरूकाे पहिचान भएकाे छ । थपिएका संक्रमितहरकाे संख्या सबैभन्दा धेरै भारतकाे रहेकाे छ भने ब्राजिल दाेश्राे स्थानमा तथा अमेरिका तेश्राे स्थानमा रहेकाे छन् । केही समय अघि अमेरिका तथा यूराेपमा धेरै असर देखिएकाे भएता पनि पछिल्ला दिनहरूमा ब्राजिल तथा भारतमा संक्रमण दर बढिरहेकाे छ ।

worldometer April 30, 2021

यसैबीच विश्वभरी रहेका कुल संक्रमितमध्ये १२ करोड ९८ लाख ६५ हजार १०८ व्यक्तिहरू कोरोना भाइरस मुक्त भएका छन् । कोरोना भाइरसको कारण सवभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा २ कराेड ५७ लाख १० हजार निकाे भएका छन भने ६८ लाख ३ हजार भन्दा बढी व्यक्ति अझै संक्रमित रहेका छन् । हालैका दिनमा तीब्र गतिले बढिरहेकाे भारतमा ३२ लाख ७२ हजार भन्दा धेरै मानिसहरूमा संक्रमण यथावत नै छ ।   
     
कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका रहेको छ । कोरोना संक्रमणबाट अमेरिकामा ५ लाख ९० हजार ५५ जनाको मृत्यु भएको छ । यसैगरि ब्राजिलमा ४ लाख भन्दा धेरै मानिसकाे मृत्यु भएकाे छ । भारतमा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने क्रम जारी रहेको छ भने मर्नेहरूकाे संख्यापनि सबैभन्दा बढि रहेकाे छ। पछिल्लाे २४ घण्टामा भारतमा ३ हजार ६२२ जनाकाे मृत्यु भएकाे छ भने हालसम्म २ लाख ११ हजार ८३५ जनाकाे मृत्यु भैरकेकाे छ ।

कोरोना भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा १ कराेड ९१ लाख ५७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् भने ब्रांजिलमा करीब १ कराेड ४६ लाख ६६ हजार व्यक्ति कोरोना संक्रमित रहेका तथ्याँकले देखाएको छ । फ्रान्स चौथो स्थानमा रहेको छ । त्यहाँ ५६ लाख १६ हजार ६८९ जना संक्रमित रहेका छन् ।

यसकासाथै नेपालमा ३ लाख २३ हजार १८७ जना काेराेनाकाट संक्रमित भै एकाउन्नाै स्थानमा रहेकाे छ । नेपालकाे मृत्युदर भने कम नै छ । हालसम्म ३ हजार २७९ जनाकाे काराेना भाइरसका कारण मृत्यु भएकाे छ । संक्रमित मध्ये २ लाख ८१ हजारभन्दा बढी निकाे भएर घर फर्किएकाछन भने ३८ हजार ८१३ जना संक्रमणमै रहेकाछन ।  

निकै उच्च गतिकासाथ संक्रमण फैलिरहेकाे नेपालमा पछिल्लाे २४ घण्टामा ५६५७ जना नयाँ संक्रमित थपिएका छन । काेराेना भाइरसका कारण थप ३३ जनाकाे मृत्यु भएकाे छ ।  
     

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *