यम बरालको लोकगीत “बाख्रा करायो” सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । साउन २५, २०८१

काठमाडौं । गायक यम बरालले नयाँ गीत “बाख्रा करायो” ल्याएका छन् । लोकदोहोरी शैलीको यो गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । गीतमा डीपी खनालको शब्द र यम बरालकै संगीत छ भने विषम आचार्यले एरेन्ज गरेका छन् ।

बिहीबार साँझ काठमाडौंमा सीमित शुभचिन्तक र पत्रकारहरुमाझ यमले नयाँ गीतको भिडियो रिलिज गरे । प्रेमिकालाई फकाउन गरेको प्रेमीले गरेको भूमिकालाई रमाइलो ढंगमा गीतको भिडियोमा उतारिएको छ ।

भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरले अभिनय गरेका छन् । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा विशाल थापाको छायांकन र दिन्सन शाहको सम्पादन तथा कलर संयोजन छ । गीत सार्वजनिक कार्यक्रममा गायक बरालले “बाख्रा करायो” अहिलेको सांगीतिक माहोलअनुसारको रहेको बताए । मलाई सुनिरहेका श्रोताका साथै अहिलेको पुस्तालाई समेत मध्यनजर गरेर शान्तिश्रीको साथमा यो गीत ल्याएको हुँ ।

कुनै समय पार्श्व गायनमा समेत एकछत्र राज गरेका यमको पछिल्लो समय सांगीतिक सक्रियता पातलिएको विषयमा धेरैले गुनासो गर्ने गरेका छन् । उक्त कार्यक्रममा पनि उनलाई यसबारे सोधियो-तपाईं बजारबाट टाढा गएको कि बजारले टाढा पुर्याएको यसमा बजारकै कुरा आउँछ ।

कतिपय अवस्थामा चाहँदा-चाहँदै पनि नयाँ सिर्जना लिएर आउन सकस हुनेरहेछ, उनले भने, अहिले सबैभन्दा मुख्य कुरा नै लगानी हुन्छ । ठूलो लगानी गरेर गीत ल्याउन चुनौतीपूर्ण छ । बजारबाट लगानी रिटर्न हुने कुनै ग्यारेन्टी हुन्न । “बाख्रा करायो” लाई ओएसआर डिजिटल युट्युब च्यानलमा रिलिज गरिएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *